Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

भारतीय लगानी भित्राउन विशेष लगानी सम्मेलन आयोजना गरिने

२०७४ श्रावण ८ गते

भारतीय लगानी भित्राउनको लागि नेपालमा विशेष लगानी सम्मेलन आयोजना गरिने भएको छ । नेपालको विदेशी लगानीमा सबैभन्दा बढी हिस्सा ओगट्ने भारतीय लगानी पछिल्लो समय घट्दो क्रममा रहेको भन्दै नेपाल उद्योग वाणिज्य महासंघले लगानी सम्मेलन आयोजना गर्न लागेको जनाएको छ । 

महासंघमा नयाँ नेतृत्व आएको १०० दिन भएको अवसरमा आयोजित पत्रकार सम्मेलनमा महासंघले असोजसम्ममा लगानी सम्मेलन गर्ने जानकारी दिएको छ । महासंघले भारत नेपाल लगानी सेलको पनि स्थापना गर्ने घोषणा गरेको छ ।

महासंघमा नेतृत्व फेरिएको १०० दिनको अवसरमा मेम्बर हेल्पिङ हटलाइन सेवाको सुरुवात गरेको छ । महासंघका अध्यक्ष भवानी राणाले १०० दिनको अवधिमा सरकारसँग धेरैवटा सम्झौता गरेको जानकारी दिइन् ।

यस्तै बृहमत मेला आयोजना गर्ने तथा एफएनसीसीआई प्रेसिडेन्ट कप २०।२० क्रिकेटको आयोजना गर्ने र बार एशोसियनसँग मिलेर व्यवसायीको समस्या समाधान गर्ने जानकारी महासंघले दिएको छ । यस्तै महासंघले उत्पत्तिको प्रमाणपत्र(सिओ) अनलाइन प्रणालीबाट जारी गर्ने भएको छ ।