भिबोर सोसाइटी डेभलपमेन्ट बैंक र लुम्बिनी फाइनान्स एण्ड लिजिङ आपसमा गाभिएर आइतबारदेखि एकीकृत कारोबार सुरु गरेका छन् । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरंजीबि नेपालले आइतबार एकीकृत कारोबारको शुभारम्भ गरे ।
मर्जरपछि बनेको बैंकको नाम लुम्बिनी विकास बैंक रहेको छ । बैंकको चुक्ता पूँजी दुई अर्व ८८ करोड रुपैयाँ पुगेको छ भने जगेडा कोषमा ३६ करोड ३० लाख रुपैयाँ रहेको छ। गाभिए पश्चात बैंकको कुल निक्षेप १७ अर्ब, कर्जा १५ अर्ब ५८ करोड र शाखा संख्या ४९ वटा पुगेको छ। एकिकृत संस्थाको अध्यक्षमा सुशिल राज पराजुली र प्रमुख कार्यकारी अधिकृत झलकप्रसाद खनाल छन्।