Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

साटिने आशमा अवैध नोट नेपाल भित्रिँदै

२०७४ असार २३ गते

सुजित महत/ प्रहरीले गएको शुक्रबार तीन ठाउँबाट गरी २० लाख ५६ हजार अवैध भारतीय रुपैयाँ बरामद गर्‍यो । यी भारु ५ सय र १ हजार दरका थिए । केन्द्रीय अनुसन्धान ब्युरोले दुई जनालाई पाँच लाख, महानगरीय विमानस्थल सुरक्षा कार्यालयले एक जनालाई चार लाख र महानगरीय अपराध महाशाखाले चार जनालाई २० लाख ४७ हजार बराबरका ती नोटसहित पक्राउ पनि गरेको छ ।

गएको कात्तिकमा भारतमा पाँच सय र हजारका नोट प्रतिबन्धित (अमौद्रीकरण) गरेयता यी नोट बरामद हुने क्रम जारी छ । अहिलेसम्म चार करोड ४१ लख १५ हजार पाँच सय बराबरका नोट बरामद भइसकेका छन् । सशस्त्र प्रहरी बलले चार र नेपाल प्रहरीले २६ ठाउमा ती नोट बरामद गरी कारबाहीका लागि राजस्व अनुसन्धान विभागमा बुझाएका थिए । यसक्रममा ४७ जना पक्राउ परेका थिए । बरामद धेरै नोट भारतबाट नेपाल भित्रिएपछि प्रहरीको नजरमा परेका हुन् । भारतमा प्रतिबन्धित नोट साट्ने समय सक्किसकेकाले त्यहा अब यी नोट खोटा हुन् । नेपालले देशमा भएका नोट सटही गर्न भारतस“ग कुराकानी गरिरहेकाले यहाँ सटही हुने आशमा भित्रिएका हुन् । पक्राउ परेकास“ग बयान लिएका राजस्व अनुसन्धानका एक अधिकारीका अनुसार बरामद नोट भारतबाटै भित्रिएका हुन् । भारतीय नागरिकस‌‍‍ग मिलेमतो वा नेपालीले भारतीयस“ग सस्तोमा यस्ता नोट खरिद गरी ल्याएको पाइएको छ । एकैचोटि सबैभन्दा धेरै दुई करोड १६ लाख ६१ हजार बराबरको नोट प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले जेठ ३ गते चावेलमा बरामद गरेको थियो, यसमा १५ जना पक्राउ परेका थिए । संलग्नले प्रतिनोट १/२ भारुमा भारतमै खरिद गरी भित्र्याएको बयान दिएका थिए । नेपालमा साट्न सके धेरै मुनाफा हुने लोभमा यस्तो गरिएको तिनले बताएका थिए ।


सटहीको सम्भावना

देशमा रहेका भारु ५ सय र १ हजार नोट सटही गर्न राष्ट्र बैंकले पत्राचार र कुराकानी गरे पनि भारतको केन्द्रीय बैंकले आनाकानी गरिरहेको छ । सुरुमा उसले बैंकस“ग रहेका नोट साट्दिने, व्यक्तिस‌ग भएका नोट पछि विचार गरौंला भन्ने आशयको जवाफ दिएको थियो । राष्ट्र बैंकले भारतकै सहमतिमा २५ हजार भारुसम्म नेपाली नागरिकले राख्न पाउने सुविधा दिइएकाले नागरिकको २५ हजार भारुसम्म साट्नपर्ने दाबी गरेको थियो ।

भारतले नेपाल र भुटानलाई यस्तो सुविधा दिएको थियो । तर, केन्द्रीय बैंकले सरकारले नै निर्णय गर्ने विषयभन्दै टारिरहेको छ । केही महिनाअघि त्यहाँको केन्द्रीय बैंक प्रतिव्यक्ति चार हजार भारुसम्म सटही दिन तयार भएको थियो । तर, राष्ट्र बैंकले त्यसलाई अस्वीकार गर्‍यो । बैंकका अनुसार एक त भारतले सुविधा दिइसकेकाले प्रतिव्यक्ति २५ हजार भारुसम्मको जिम्मेवारी भारतले लिनुपर्ने अडानमा रहयो । अर्कोतिर उनीहरूले दिएको समयभित्र सटही गर्नै भ्याइन्नथ्यो । सार्वजनिक सूचना निकाल्नुका साथै सटहीको व्यवस्थापन गर्नुपर्ने हुन्छ ।

‘नगदै दिइहाल्ने भए त्यही भए पनि सहमति गरौं भनेर सोचिएको थियो तर सटही गर्न एक दिनको समय पनि नहुने भएपछि हामीले मानेनौं', विदेशी विनिमय विभागका एक अधिकारीले भने । भारत खुला सिमाका साथै नेपालमा नियन्त्रण गर्ने प्रणाली नभएकाले आफ्नै देशका नोट नेपाल पुग्ने र पुनः भारत भित्रिने डरमा छ । राष्ट्र बैंकका अधिकारीअनुसार भारतीय अधिकारीले कति जति नोट नेपालमा होला भन्ने जिज्ञासा राख्ने गरेका छन् ।

तर, नेपालमा यति नोट छ भनेर यकिन गर्न सकिने अवस्थै छैन । भारतले चार हजार पाँच सयसम्म साट्न तयार भएको खबर आएपछि भारतबाट नोट भित्रिने क्रमचाहि“ झन बढ्यो । ढिलोचा“डो केही न केही नोट भारतले लिन्छनै भन्ने विश्वासमा सस्तोमा नोट किनेर यता ल्याउने क्रम बढ्यो ।

राष्ट्र बैंकका अधिकारीका अनुमानमा अब देशमा धेरै अवैध नोट छैनन् । पूर्वी र पश्चिम पहाडका पहुँच नहुनेबाहेकसँग केही छ । बाँकी सहरियासँग भए पनि उल्लेख्य परिमाणमा छैन । ठूलो परिमाणमा जम्मा गरेर राख्ने भनिएकाले पनि भारतीय नागरिकसँग मिलेमतो गरी नोट साटिसकेको तिनको भनाइ छ । सामान ढुवानी गरी आउने भारतीय ट्रकचालकसँगै टन्नै अवैध नोट भारत पुगेको थियो । इन्फोअहिलेसम्म चार करोड ४१ लख १५ हजार पाँच सय बराबरका नोट बरामद भइसकेका छन् । अन्नपूर्ण पोष्टमा प्रकाशित समाचार