Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

तीन जोडी बैंकले पाए मर्जरको अन्तिम स्वीकृति

२०७४ असार २० गते

नेपाल राष्ट्र बैंकले छ वटा बैंकहरुलाई मर्जरमा जाने अन्तिम स्वीकृति प्रदान गरेको छ । राष्ट्र बैंकको सोमबार बसेको सञ्चालक समितिको बैठकले एक वाणिज्य बैंकसहित ५ वटा बिकास बैंकहरुलाई मर्जरको अन्तिम स्वीकृति दिएको हो ।

ग्लोबल आर्इएमर्इ बैंक लिमिटेडले रिलायबल डेभलपमेन्ट बैंकलाई गाभ्ने स्वीकृति पाएको छ भने सांग्रिला विकास बैंकले कसमस डेभलपमेन्ट बैंकलाई गाभ्ने स्वीकृति पाएको छ । त्यस्तै, कामना विकास र सेवा विकास बैंकबीचको कर्जरलाई पनि राष्ट्र बैंकले अन्तिम स्वीकृति प्रदान गरेको छ । अब छिटै नै यी बैंकहरुले एकीकृत कारोबार थाल्नेछन् ।