Banking Khabar
ब्रेकिङ
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बैंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

पुँजी पलायन रोक्न खोज्दा सीमावर्ती क्षेत्रमा भारतीय रुपैँयाको अभाव 

admin २०७३ बैशाख ६ गते
सेयर:

icमध्य तराईका बारा, पर्सा र रौतहटमा भारतीय रुपैयाँको अभाव भएको छ । भारतीय रुपैयाँ अभावले यहाँका उद्योग व्यवसाय, शिक्षा, स्वास्थ्यलगायत सेवा प्रभावित भएका छन् । भारततर्फ पूँजी पलायन भइरहेको भन्दै नेपाल राष्ट्र बैंकले भारतीय रुपैयाँको सटही सुविधालाई नियन्त्रण गर्न वाणिज्य बैंकहरुलाई निर्देशन जारी गरेपछि सीमावर्ती क्षेत्रमा भारतीय रुपैयाँको अभाव भएको हो । 

सीमावर्ती क्षेत्रका बासिन्दा स्वास्थ्य उपचार, भ्रमण, तीर्थाटन, शिक्षा आर्जनलगायत कार्यका लागि दिनहुँ भारततर्फ जानुपरेकाले उनीहरुलाई भारतीय रुपैयाँको आवश्यकता पर्छ । तर सटही सुविधालाई कठिन बनाइएका कारण भारतीय रुपैयाँ लिन कठिनाइ भइरहेको वीरगन्ज उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष ओमप्रकाश सिकारिया बताउँछन् । “ भारतीय रुपैयाँ अभावले आमउपभोक्ता तथा व्यापार प्रभावित भएको छ” उनले भनेका छन् । 

नागरिक समाजका अगुवा एवम् अधिवक्ता पन्नालाल गुप्ता भारतीय रुपैयाँ अभाव भएसँगै सीमावर्ती भारतीय बजार रक्सौलका व्यापारीले आफूखुसी नेपाली रुपैयाँको अवमूल्यन गर्न थालेको बताउँछन् । रक्सौलका व्यापारीले १ सय भारतीय रुपैयाँका लागि नेपाली उपभोक्ताबाट १ सय ६५ देखि १ सय ७० रुपैँयासम्म असुल्न थालेका छन् । “सामान खरिद गर्दा व्यापारीले नेपाली उपभोक्ताबाट भारतीय रुपैयाँ माग गर्छन्,” वीरगन्ज उपमहानगरपालिका– १० का राजेश शाहले भने–“नेपाली रुपैयाँ लिए पनि त्यसको विनिमय दर ती व्यापारीले आफैँ तोक्ने गर्छन् ।” भारतीय रुपैयाँ अभावले उपभोक्ताले भारतीय व्यापारीले तोकेको विनियमय दरमा नै नेपाली रुपैयाँ दिने गरेका छन् । 

भारतीय रुपैयाँ सटही गर्ने अनुमति पाएका सटही काउन्टर सञ्चालकले सटही गर्दा उपभोक्ताबाट १०० रुपैयाँमा ५ रुपैयाँ बढी असुल्ने गरेका छन् । बजारमा भारतीय रुपैयाँको खरिददर ह्वात्तै बढेको छ । प्रतिसयकडा रु ५ देखि रु ८ बढी असुल्ने गरेका छन् । रासस

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।

सम्बन्धित समाचार

नेपाल माईक्रो इन्स्योरेन्सका अध्यक्ष आशिष श्रेष्ठ पक्राउ इन्स्योरेन्स

नेपाल माईक्रो इन्स्योरेन्सका अध्यक्ष आशिष श्रेष्ठ पक्राउ

२०८३ बैशाख १५ गते

राष्ट्रिय स्तरका विकास बैंकहरुको नाफा ४९ प्रतिशतले बढ्यो मुख्य

राष्ट्रिय स्तरका विकास बैंकहरुको नाफा ४९ प्रतिशतले बढ्यो

२०८३ बैशाख १५ गते

धितोपत्र बोर्डको अध्यक्षका लागि आवेदन खुल्ला Banner News

धितोपत्र बोर्डको अध्यक्षका लागि आवेदन खुल्ला

२०८३ बैशाख १५ गते

सहकारीको भद्रगोल व्यबस्थापन : फरारको सूचि १ हजार पाँच सय ! मुख्य

सहकारीको भद्रगोल व्यबस्थापन : फरारको सूचि १ हजार पाँच सय !

२०८३ बैशाख १४ गते