Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

दुई फाइनान्स कम्पनी समस्याग्रस्तबाट मुक्त

२०७४ असार १४ गते

दुई वटा फाइनान्स कम्पनी समस्याग्रस्तबाट फुकुवा भएका छन् । जनरल फाइनान्स लिमिटेड, चाबहिल र अरुण फाइनान्स लिमिटेड, धरानलाई नेपाल राष्ट्र बैंकले समस्याग्रस्तबाट फुकुवा गरेको हो । 

जनरल फाइनान्सलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६ ख. बमोजिम समस्याग्रस्त वित्तीय संस्था घोषणा गरिएकोमा सञ्चालक समितिको मिति २०७३।८।२७ मा बसेको ५३ औं बैठकको निर्णयले समस्याग्रस्तबाट फुकुवा गरी नियमीत रुपमा कारोवार गर्न स्वीकृती प्रदान गरिएको राष्ट्र बैंकले जनाएको छ । 

त्यस्तै, अरुण फाइनान्सलाई पनि नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६ ख. बमोजिम समस्याग्रस्त वित्तीय संस्था घोषणा गरिएकोमा सञ्चालक समितिको मिति २०७३।१०।१२ मा बसेको ६६ औं बैठकको निर्णयले समस्याग्रस्तबाट फुकुवा गरी नियमित रुपमा कारोवार गर्न स्वीकृति प्रदान गरेको राष्ट्र बैंकले जनाएको छ ।