Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

१० अर्ब ८० करोडको ट्रेजरी बिल विक्री गरिने, सोमबार बोलकबोल हुँदै

२०७४ जेष्ठ २६ गते

नेपाल राष्ट्र बैंकले १० अर्ब ८० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल विक्री गर्नका लागि शिलबन्दी बोलपत्र आह्वान गरेको छ । राष्ट्र बैंकले ९१ दिने अवधिको दुई अर्ब ५० करोड र ३६४ दिने अवधिको आठ अर्ब ३० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल विक्री गर्न लागेको हो । 

सोमबार (जेठ २९ गते) दिउँसो ३ बजे बोलकबोल हुने ट्रेजरी बिलको निष्काशन मंगलबार (जेठ ३० गते) गरिने राष्ट्र बैंकले जनाएको छ । जसअनुसार, ९१ अवधिको ट्रेजरी बिल आगामी भदौ २७ गते र ३६४ दिने अवधिको ट्रेजरी बिल ०७५ जेठ २९ गते परिपक्व हुनेछ । 

बोलकबोल अनलाइनमार्फत गर्नुपर्नेछ ।