Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

५ खर्ब लगानीमा औद्योगिक कोष स्थापना हुने

२०७४ जेष्ठ १९ गते

सरकारले ५ खर्ब लगानीमा औद्योगिक कोष स्थापना गर्ने भएको छ । देशमा बन्द भएर बसेका उद्योगधन्दालाई शुचारु गर्न सरकारले ५ खर्ब लगानीमा औद्योगिक कोषको स्थापना गर्ने भएको हो । उद्योग मन्त्रालयमा बिहीबार आयोजित पत्रकार सम्मेलन मार्फत उद्योग मन्त्री नविन्द्रराज जोशीले बन्द उद्योग पुनः सञ्चालन तथा रोजगारीमुलक नयाँ उद्योग स्थापना गर्नका लागि यो कोषको स्थापना गर्न लागिएको जानकारी दिए । पत्रकार सम्मेलनमा बोल्दै मन्त्री जोशीले औद्योगिक कोष कम्पनी स्थापना गर्नको लागि एक निर्देशक समिति गठन गर्ने तयारी भइरहेकोे बताए ।

‘यो कोष स्थापना क्रममा सरकारले ४ प्रतिशत मात्रै लगानी गर्नेछ । ९६ प्रतिशत लगानी भने बिदेशमा रहेका नेपालीबाट भित्राउने मन्त्रालयको सोच छ’ मन्त्री जोशीले भने – ‘रेमीट्यान्सको ठुलो हिस्सा यो क्षेत्रमा भित्राउन सकियोस् भन्ने उद्देश्यका साथ यो कोष खडा गर्ने योजना बनाएका छौं ।’ मन्त्रालयले यस कोषमा सर्वसाधारणका लागि २ खर्ब सम्मको शेयर जारी गर्ने जनाएको छ । 
 

Ad