Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

दुई अर्ब १३ करोडको ट्रेजरी बिलका लागि बोलपत्र आह्वान

२०७४ जेष्ठ १७ गते

नेपाल राष्ट्र बैंकले दुई अर्ब १३ करोड रुपैयाँको ट्रेजरी बिल विक्री गर्ने भएको छ । ९१ दिने अवधिका लागि राष्ट्र बैंकले उक्त अनुपातमा ट्रेजरी बिल जारी गर्न लागेको हो । सोमबार (जेठ २२) गतेसम्म बोलपत्र पेश गर्न सकिने ट्रेजरी बिलको निष्काशन मंगलबार (जेठ २३ गते) हुनेछ । उक्त ट्रेजरी बिल भदौ २० गते परिपक्व हुनेछ । 

राष्ट्र बैंकले यसअघि जेठ १४ गते जारी गरेको तीन अर्ब २३ करोड ३२ लाख रुपैयाँको ट्रेजरी बिलमा सात अर्ब ६४ करोड रुपैयाँ बराबरको बोल परेको थियो ।