Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

झन्डै सवा तीन अर्बको ट्रेजरी बिल विक्री गरिँदै, आइतबारसम्ममा बोलपत्र पेश गर्नुपर्ने

२०७४ जेष्ठ ९ गते

नेपाल राष्ट्र बैंकले तीन अर्ब २३ करोड ३२ लाख रुपैयाँको ट्रेजरी बिल विक्री गर्नका लागि शिलबन्दी बोलपत्र आह्वान गरेको छ । राष्ट्र बैंकले आगामी आइतबार (जेठ १४ गते) ९१ दिने अवधिको ट्रेजरी बिलका लागि बोलकबोल गर्न लागेको हो । मंगलबार निष्काशन गरिने उक्त ट्रेजरी बिल भदौ १३ गते परिपक्व हुनेछ । 

राष्ट्र बैंकले गत सोमबार पनि २५ करोड रुपैयाँको ट्रेजरी बिल जारी गरेको थियो । जसमा एक अर्ब ४९ करोड रुपैयाँ बराबरको बोल परेको थियो ।