Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

२५ करोडको ट्रेजरी बिल विक्री गर्दै राष्ट्र बैंक, सोमबार बोलकबोल हुने

२०७४ जेष्ठ ४ गते

गत सोमबार (जेठ १ गते) दुई अर्बभन्दा बढीको ट्रेजरी बिल विक्री गरेको नेपाल राष्ट्र बैंकले आगामी साताको सोमबार (जेठ ८ गते) पुनः ट्रेजरी बिल विक्री गर्नका लागि बोलपत्र आह्वान गरेको छ । यो पटक राष्ट्र बैंकले ९१ दिने अवधिको २५ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल विक्री गर्ने जनाएको छ । मंगलबार (जेठ ९ गते) निष्काशन गरिने ट्रेजरी बिल आगामी भदौ ६ गते परिपक्व हुनेछ । 

गत सोमबार राष्ट्र बैंकले ९१ दिने अवधिको ७७ करोड रुपैयाँ र १८२ दिने अवधिको एक अर्ब २८ करोड ३४ लाख २५ हजार रुपैयाँ बराबरको गरी कुल दुई अर्ब पाँच करोड ३४ लाख २५ हजार रुपैयाँको ट्रेजरी बिल विक्री गरेको थियो ।