Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

बीमा कम्पनीहरुको नाफामा उल्लेख्य वृद्धि

२०७४ जेष्ठ १ गते

बीमा कम्पनीहरुले गत वर्षको तुलनामा यस वर्ष नाफामा उल्लेख्य वृद्धि गरेका छन् । हालसम्म प्रकाशित त्रैमासिक वित्तीय विवरणहरुबाट यस्तो देखिएको हो । 

नौ ओटा जीवन बीमा कम्पनीहरुमध्ये हालसम्म ६ ओटा र १७ ओटा निर्जीवन बीमा कम्पनीहरु मध्ये १३ कम्पनी कम्पनीहरुले वित्तीय विवरण सार्वजनिक गरेका छन् । जीवन बीमा कम्पनीहरुमध्ये तेस्रो त्रैमाससम्ममा गुराँस लाइफ इन्स्योरेन्सले १ सय ५० प्रतिशत भन्दा बढी नाफा कमाउन सफल भएको छ । यो कम्पनीको गत आवको सोही अवधीमा नाफा रू. १ करोड १५ लाख रहेको थियो भने चालू आवमा रू. २ करोड ८८ लाख पुगेको छ । 

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको गत आवको तुलनामा नाफा ७२ प्रतिशत बढेको छ । यस कम्पनीले गत आवको सोही अवधीमा नाफा रू। २३ करोड ८० लाख कमाएको थियो भने चालू आवमा रू। ४० करोड ९६ लाख कमाउन सफल भएको छ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको खुद मुनाफामा करीब ४६ प्रतिशत वृद्धि भएको छ ।
प्रकाशित भएका अन्य जीवन बीमा कम्पनीहरुको नाफामा पनि गत आवको तुलनामा वृद्धि भएको देखिन्छ । 

त्यस्तै, दुई निर्जीवन बीमा कम्पनीले २ गुणा बढी नाफा कमाउन सफल भएका छन् । एनबी इन्स्योरेन्स कम्पनी लिमिटेडको चालू आवको तेस्रो त्रैमाससम्मा खुद मुनाफा गत आवको तुलनामा १ सय ८१ प्रतिशत बढेको छ । कम्पनीले गत आवको पहिलो ९ महीनामा रू। २ करोड २० लाख नाफा कमाएको थियो भने चालू आवको सोही अवधीमा रू। ६ करोड २० लाख नाफा कमाउन सफल भएको छ । युनाइटेड इन्स्योरेन्स कम्पनी ९नेपाल० लिमिटेडले यहि अवधिमा खुद मुनाफामा १ सय १० प्रतिशत वृद्धि गरेको छ । कम्पनीले गत आवको सोही अवधिमा नाफा रू। २ करोड ३२ लाख कमाएको थियो । कम्पनीले चालू आवको तेस्रो त्रैमाससम्मा नाफा रू। ४ करोड ८९ लाख कमाउन सफल भएको छ । साथै, अरु दश कम्पनीहरुको गत आवको सोही अवधीको तुलनामा नाफामा वृद्धि भएको प्रकाशित वित्तिय विवरणमा देखिन्छ । (आर्थिक अभियान दैनिकमा प्रकाशित समाचार)