Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

आचार्यको सीईओ हुने प्रयास अर्थमन्त्रीले बनाए असफल

admin २०७२ चैत्र २६ गते
सेयर:

krishna aacharyaराष्ट्रिय बाणिज्य बैंकको सिइओ पदका लागि पहिलो स्थानमा सिफारिस भएका कर्मचारी सञ्चय कोषका प्रशासक कृष्णप्रसाद आचार्यको राजीनामा अस्वीकृत भएको छ । गएको सोमबार बाणिज्य बैंकको संचालक समितिले सिइओ हुन उनलाई शुक्रबारसम्म सञ्चय कोषको कार्यकारी अधिकृत पदबाट राजीनामा दिएर राजीनामा स्वीकृत भएको पत्र लिएर आउन भनेको थियो । तर उनले पेश गरेको राजीनामा अर्थमन्त्री विष्णु पौडेलले अस्वीकार गरिदिएपछि बैँकको सिइओ हुन उनी असफल भएका हुन् । 

राष्ट्रिय वाणिज्य बैंकको सीइओ बन्न उनले अर्थ मन्त्रालयमा कर्मचारी सञ्चय कोषको अधिकृतबाट राजिनामा दिनुपर्ने हुन्थ्यो । यसका लागि अर्थमन्त्रीले मन्त्रिपरिषदमा आचार्यको राजीनामा स्वीकृतिको प्रस्ताव लाने र मन्त्रिपरिषदले स्वीकृत गरेपछि मात्रै उनलाई वाणिज्य बैंकको सीइओ बन्ने बाटो खुला हुने थियो । तर, बुधबार सञ्चयकोषबाट राजीनामा बुझाउन अर्थ मन्त्रालय पुगेका आचार्यको प्रस्ताव अर्थमन्त्री पौडेलले अस्वीकार गरेपछि आचार्यको सिइओ बन्ने बाटो बन्द भएको हो । 

राजीनामा स्वीकृत गरिदिन आग्रह गर्न गएका आचार्यलाई अर्थमन्त्री पौडेलले सञ्चयकोषमा उनी अब्बल र महत्वपूर्ण कर्मचारी भएको भन्दै उल्टै राजीनामा फिर्ता गर्न आग्रह गरेका थिए । सिइओ हुने पहिलो नम्बरमा रहेका आचार्यको राजीनामा अस्वीकृत भएपछि अब राष्ट्रिय बाणिज्य बैंकको सिइओ नेपाल राष्ट्र बैंकका पूर्व कर्मचारी किरण श्रेष्ठ हुने लगभग निश्चित भएको छ ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।