Banking Khabar
ब्रेकिङ
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बैंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

साताभरका चर्चित बैँकिङ घटनाहरु

admin २०७२ चैत्र २६ गते
सेयर:

Building and sign bank (done in 3d)यस साता बैँक तथा वित्तिय क्षेत्रमा विभिन्न गतिविधिहरु भए । जसमध्ये, वाणिज्य बैँकको सीईओ नियुक्ति र पनामा पेपर्स लिकको चर्चा बढि भयो । यसैबिच, बैँकिङ खबर डट कमले साताभर बढी चर्चामा रहेका र ठूला बैँकिङ गतिविधिहरुलाई एउटै पानामा उतार्ने प्रयास गरेको छ । यस साता बैँक तथा वित्तिय क्षेत्रमा भएका प्रमुख घटनाहरु यहाँ प्रस्तुत गरिन्छ :

वाणिज्य बैँकको सीईओ नियुक्ति
यस साता राष्ट्रिय वाणिज्य बैँकको सीईओ नियुक्तिको विषय सर्वाधिक चर्चामा रह्यो । साताको सुरुमा किरण श्रेष्ठ सीईओमा नियुक्त भए भन्ने हल्ला बाहिर आयो । तर, यथार्थ बुझ्दै जाँदा हाल कर्मचारी सञ्चय कोषको प्रशासक रहेका कृष्ण प्रसाद आचार्यले शुक्रबारसम्ममा सो पदबाट राजिनामा लिएर सीईओको नियुक्तिपत्र नबुझे मात्र श्रेष्ठ सीईओमा नियुक्त हुन सक्ने गरी निर्णय गरिएको कुरा बाहिरियो । अन्ततः आचार्यको राजिनामा अर्थमन्त्री विष्णु पौडेलद्धारा अस्विकृत भएपछि श्रेष्ठको नियुक्ति पक्कापक्की भएको छ । यद्यपि, उनको नियुक्ति कहिले हुने भन्ने विषय टुंगिएको छैन ।

पनामा पेपर्स लिक
साताको मंगलबार पनामाको मोसाक फोन्सेकाबाट लिक भएको पेपर्सले गरेको खुलासाले अन्तर्राष्ट्रिय रुपमा नै हंगामा मच्चायो । खोज पत्रकारहरूको अन्तर्राष्ट्रिय संस्था (आईसीआईजे) ले व्यवसायीलाई कानुनी परामर्श दिने पनामाको ‘मोसाक फोन्सेका’ को अतिगोप्य दस्ताबेजबारे खुलासा गरेको थियो । सो खुलासामा विश्वका शक्तिशाली नेता, व्यवसायी, कलाकारदेखि खेलाडीसम्मले कसरी कर छलेका छन् भन्ने कुरा देखाईएको छ । जसमा नेपालका सात नेपालीको समेत नाम रहेको खुलासा भएपछि नेपाल राष्ट्र बैँक र  सरोकारवालाबिचमा छलफल भयो । राष्ट्र बैँकले पनामाको ‘मोसाक फोन्सेका’ बाट खुलासा भएका नामहरुको नेपालमा रहेको खाताबारे अध्ययन गर्न सम्बन्धित बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दियो । त्यस्तै, सेल कम्पनिहरुसँग कुनै पनि बैँकिङ कारोबार नगर्न वाणिज्य बैँकहरुलाई निर्देशन समेत दियो । यसबारे सत्य तथ्य पत्ता लगाएरै छाड्नै दृढ संकल्प राष्ट्र बैँकले लिएको बताइएको छ । 

एकीकृत कारोबार
साताको सोमबार सीटी डेभलपमेन्ट बैँक र ओम फाइनान्स मर्ज भएर बनेको ओम डेभलपमेन्ट बैँकले कारोबार सुरु गर्यो । 

सम्झौता
साताको बुधबार नेपाल सर्टिफाइङ्ग कम्पनी(एनसीसी) र स्टाण्डर्ड चार्टर्ड बैंक लिमिटेडबीच डिजिटल सिग्नेचर प्रदान गर्नेे सम्झौतामा हस्ताक्षर भयो । त्यस्तै, विहिबार लक्ष्मी क्यापिटल मार्केट लिमिटेड र हिमालयन बैंकले हकप्रद सेयर निष्कासन तथा विक्री प्रवन्धका लागि आपसी सम्झौता गरे । विहिबार नै एनबी इन्सुरेन्स कम्पनी लिमिटेड र सीडीएस एन्ड क्लियरिङ लिमिटेडले सेयर अभौतिकीकरण गर्न सम्झौता गरे ।

शाखा विस्तार
साताको विहिबार एकता विकास बैंकले तेह्रौं शाखा सल्यानको श्रीनगर र चौधौं शाखा सल्यानकै थारमारेमा विस्तार गर्यो । 

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।