Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

झन्डै पाँच अर्बको ट्रेजरी बिल विक्रीका लागि बोलकबोल

२०७३ चैत्र १७ गते

नेपाल राष्ट्र बैंकले चार अर्ब ९२ करोड रुपैयाँको ट्रेजरी बिल विक्रीका लागि शिलबन्दी बोलपत्र आह्वान गरेको छ । बैंकले ९१ दिने अवधिको ५६ करोड रुपैयाँ र ३६४ दिने अवधिको चार अर्ब ३६ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल विक्री गर्न लागेको हो । 

आगामी सोमबार (चैत्र २१ गते) दिउसो ३ बजे बोलकबोल हुने उक्त ट्रेजरी बिल मंगलबार (चैत्र २२ गते) निष्काशन गरिने बताइएको छ । ९१ दिने अवधिको ट्रेजरी बिल आगामी असार २० गते र ३६४ दिने अवधिको ट्रेजरी बिल ०७४ चैत्र २० गते परिपक्व हुनेछ ।