Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

एभरेष्ट इन्स्योरेन्सले कमायो दुई करोड मुनाफा, गत वर्षभन्दा दुई गुणा बढी

२०७३ फाल्गुन ५ गते

निजी क्षेत्रको निर्जीवन बीमा कम्पनी एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा दुई करोड सात लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । कम्पनीले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा साढे दुई गुणा बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा एभरेष्टले ९१ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।

१० करोड रुपैयाँ चुक्तापुँजी भएको कम्पनीले जगेडाकोषमा १४ करोड २० लाख रुपैयाँ र बीमा कोषमा नौ करोड ९२ लाख रुपैयाँ राखेको छ । बीमाको आम्दानी दुई गुणाले बढेर दुई करोड ९८ लाख रुपैयाँ पुगेको छ भने खर्च झन्डै दुई गुणाले बढेर एक करोड ४२ लाख रुपैयाँ पुगेको छ । यस अवधिमा कम्पनीले बीमा शूल्कवापत ११ करोड ३६ लाख रुपैयाँ आर्जन गरेको छ आठ करोड १३ लाख रुपैयाँ बराबरको दाबी भुक्तान गरेको छ । कम्पनीले सात हजार सात सय ६२ वटा बीमालेख जारी गरेको छ भने पाँच सय ७० वटा दाबी भुक्तान गरेको छ । 

कम्पनिको प्रतिसेय आम्दानी वार्षिक २० दशमलव ४६ रुपैयाँ, मुल्य आम्दानीको अनुपात ७५ दशमलव ७७ गुणा र प्रतिसेयर नेटवर्थ चार सय १२ दशमलव ५१ रुपैयाँ रहेको छ ।