Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ संक्षेप

नेपाल इन्भेष्टमेन्ट बैंकबाट २३ लाख रुपैयाँ हरायो

२०७३ फाल्गुन १ गते

धनगढी स्थित नेपाल इन्भेष्टमेन्ट बैंकबाट रु २३ लाख गायब भएको उजुरी जिल्ला प्रहरी कार्यालय कैलालीमा परेको छ । जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक अर्जुन चन्दले कर्मचारीका तर्फबाट उक्त बैंकको रु २३ लाख गायब भएको भन्ने ठाडो उजुरी परेकाले आवश्यक अनुसन्धान सुरु गरिएको जानकारी दिए ।

कुन प्रयोजनको रकम कसरी कहिले गायबभयो, भन्ने विषयमा यर्थात जानकारी हुनसकेको छैन । यद्यपि बैंकको एटिएममा राख्नका लागि जम्मा गरिएको उक्त रकम गायब भएको आशङ्का गरिएको छ । बैंकका कर्मचारीले भने यो विषयमा बोल्न नमिल्ने प्रतिक्रिया दिएका छन् । रासस