
बैंकिङ खबर / युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को नाफाबाट कुनै पनि प्रतिफल नपाउने भएका छन् । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट नगद लाभांश र बोनस सेयर दुवै वितरण नगर्ने निर्णय गरेको छ ।
कम्पनीको कात्तिक ३० गते बसेको सञ्चालक समितिको १२४औँ बैठकले सेयरधनीलाई लाभांश नबाँड्ने निर्णय गरेको हो । बैठकले आर्थिक वर्ष २०८२/८३ को वित्तीय विवरणसमेत स्वीकृत गरेको छ ।
स्वीकृत वित्तीय विवरण प्रकाशन तथा आवश्यक प्रक्रियाका लागि नेपाल राष्ट्र बैंकमा पठाउने निर्णय पनि बैठकले गरेको कम्पनीले जनाएको छ ।
कम्पनीको निर्णयसँगै गत आर्थिक वर्षका लागि युनिक नेपाल लघुवित्तका लगानीकर्ताले नगद लाभांश वा बोनस सेयरका रूपमा कुनै प्रतिफल प्राप्त गर्ने छैनन् ।