Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

मुक्तिनाथ विकास बैंककी विजेता अवाले र छोरी आर्शिकाको निधन

२०८३ भाद्र २४ गते

काठमाडौं । मुक्तिनाथ विकास बैंकको नयाँ बानेश्वर शाखामा कार्यरत कर्मचारी विजेता अवाले र उहाँकी छोरी आर्शिका महर्जनको असामयिक निधन भएको छ। बैंकले सामाजिक सञ्जालमार्फत अवाले र उनकी छोरीको निधनप्रति दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ। बैंकले दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजन तथा आफन्तप्रति गहिरो समवेदना व्यक्त गरेको छ। आमा–छोरी दुवैको निधनको खबरले बैंकका कर्मचारी तथा शुभेच्छुकहरूमा समेत शोक र दुःखको वातावरण सिर्जना भएको छ।