Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

डिशहोम इन्टरनेटले बाढीपीडितलाई १५ दिन निःशुल्क सेवा दिने

२०८३ भाद्र १४ गते

बैंकिङ खबर / डिशहोम इन्टरनेटले हालै आएको बाढी तथा पहिरोबाट प्रभावित आफ्ना ग्राहकलाई राहतस्वरूप १५ दिनसम्म निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराउने घोषणा गरेको छ ।

प्राकृतिक विपद्का कारण विभिन्न क्षेत्रमा जनजीवन प्रभावित भइरहेका बेला सूचना तथा सञ्चारको पहुँचलाई निरन्तरता दिनुपर्ने आवश्यकता रहेको भन्दै डिशहोमले प्रभावित ग्राहकलाई लक्षित गरी उक्त सुविधा ल्याएको हो। कम्पनीले विपद्को समयमा इन्टरनेट सेवा सूचना आदान–प्रदान, आपत्कालीन समन्वय तथा परिवारजनसँग सम्पर्क कायम गर्न महत्वपूर्ण माध्यम बन्ने भएकाले प्रभावित ग्राहकलाई सहजीकरण गर्ने उद्देश्यले निःशुल्क सेवा उपलब्ध गराउन लागेको जनाएको छ ।

डिशहोम इन्टरनेटको पहुँच पुगेका त्रिशूली, त्रिशूली बजार, गल्छी, आदमघाट र मलेखु क्षेत्रका बाढी तथा पहिरो प्रभावित ग्राहकले थप १५ दिनसम्म निःशुल्क इन्टरनेट सेवा प्राप्त गर्नेछन् । यसबाट विपद्को कठिन परिस्थितिमा रहेका ग्राहकलाई आवश्यक सूचना तथा सञ्चार सेवासँग जोडिराख्न सहयोग पुग्ने कम्पनीको अपेक्षा छ । डिशहोमले विपद्को यस कठिन घडीमा आफ्ना ग्राहक तथा प्रभावित समुदायप्रति आफ्नो साथ र प्रतिबद्धता कायम रहेको जनाएको छ।

कम्पनीका अनुसार ग्राहकलाई आवश्यक सञ्चार सेवामा सहज पहुँच प्रदान गर्नुका साथै सेवा निरन्तरता र प्राविधिक सहयोगलाई प्राथमिकतामा राखिएको छ। कम्पनीले प्रभावित ग्राहकलाई सेवा वा प्राविधिक सहयोग आवश्यक परेमा सम्बन्धित सेवा केन्द्र तथा आधिकारिक ग्राहक सेवा माध्यममार्फत सम्पर्क गर्न अनुरोध गरेको छ। विपद्का कारण सेवा सञ्चालनमा कुनै समस्या देखिएमा आवश्यक समन्वय गरी समाधानका लागि पहल गर्ने समेत कम्पनीले जनाएको छ।

यसैबीच, भदौ १० गते रसुवाको भोटेकोशी हुँदै तल्लो तटीय क्षेत्रमा आएको विनाशकारी बाढीबाट ज्यान तथा भौतिक क्षति व्यहोरेका परिवारप्रति डिशहोमले गहिरो दुःख तथा समवेदना व्यक्त गरेको छ। कम्पनीले विपद्को समयमा उद्धार, राहत तथा पुनर्स्थापनाका कार्यमा खटिएका सुरक्षाकर्मी, स्वयंसेवक, स्थानीय समुदाय तथा सम्बन्धित निकायप्रति समेत हार्दिक कृतज्ञता व्यक्त गरेको छ।

डिशहोमले विपद्को समयमा प्रभावित समुदायलाई आवश्यक सहयोग, सूचना तथा सञ्चारको पहुँचमा सहजीकरण गर्नु आफ्नो सामाजिक उत्तरदायित्वको महत्वपूर्ण हिस्सा भएको उल्लेख गर्दै आगामी दिनमा पनि आवश्यक सहयोग तथा सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।