Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
आजको विशेष

बीआईएसको वार्षिक बैठकमा सहभागी हुन गभर्नर पौडेल स्वीट्जरल्याण्ड जाँदै

२०८३ असार १२ गते

बैंकिङ खबर / विश्वनाथ पौडेल आज Bank for International Settlements (बीआईएस) को २५औँ वार्षिक बैठकमा सहभागी हुन स्वीट्जरल्याण्ड प्रस्थान गर्दैछन्। नेपाल राष्ट्र बैंक का अनुसार गभर्नर पौडेल बीआईएसको मुख्यालय रहेको बासेल मा जुन २६ देखि २८ सम्म हुने वार्षिक बैठकमा सहभागी हुनेछन्। उनी करिब एक साताको भ्रमणपछि अर्को साता नेपाल फर्कने कार्यक्रम छ। गभर्नरको अनुपस्थितिमा डेपुटी गभर्नर किरण पण्डित ले कायम मुकायम गभर्नरको जिम्मेवारी सम्हाल्नेछन्।