Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

नेपाल बीमा प्राधिकरण : अध्यक्षका लागि आवेदन खुल्यो

२०८३ जेष्ठ १३ गते

 बैंकिङ खबर / नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदका लागि आवेदन खुलेको छ । अर्थ मन्त्रालयले सूचना मार्फत योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूबाट आवेदन माग गरेको छ । नयाँ अध्यक्ष नियुक्तिका लागि नाम सिफारिस गर्न जेठ १९ गतेभित्र कार्यालय समयमा व्यक्तिगत विवरण पठाउनु पर्ने छ । इच्छुक व्यक्तिले अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा रहेको समितिको सचिवालयमा आवेदन दिनुपर्नेछ। बीमा, मौद्रिक, बैंकिङ्ग, वाणिज्य शास्त्र, इन्जिनियरिङ, व्यवस्थापन, जनप्रशासन, तथ्याङ्कशास्त्र, गणित, अर्थशास्त्र वा कानून विषयमा कम्तीमा स्नातकोत्तर हासिल गरेको, सम्बन्धित क्षेत्रमा कम्तीमा ५ वर्ष व्यवस्थापकीय तहमा काम गरेको र ३० वर्ष पूरा भई ६५ वर्ष नकटेको नैतिकवान व्यक्तिले आवेदन दिन सक्नेछन् ।