२०८३ बैशाख ३ गते

बैंकिङ खबरमा नयाँ व्यबस्थापन, म्यानेजिङ डिरेक्टरमा भित्रिए विष्णु जीसी

बैंकिङ खबर / विगत ११ बर्षदेखि संचालनमा रहेको बैंकिङ खबर न्यूज पोर्टल नयाँ व्यबस्थापनबाट अघि बढेको छ। बैंकिङ क्षेत्रलाई मात्रै समाचारको बीट बनाएर जर्नालिजमको नयाँ यात्रा सुरु गरेको बैंकिङ खबरमा विष्णु जीसी म्यानेजीङ डिरेक्टरको रुपमा भित्रिएका छन्। नयाँ व्यबस्थापन पक्षलाई बैंकिङ खबरका अध्यक्ष तथा प्रधानसम्पादक माधव निर्दोषले एक कार्यक्रमकाबीच स्वागत गरेका छन्। नयाँ व्यबस्थापनसँगै बैंकिङ खबरले नयाँ आयाम ल्याउने अपेक्षा गरीएको छ।