बैंकहरुमा तरलता अभाव भएको बताइएपनि राष्ट्र बैंकले जारी गरेको रिपोमा बैंकहरुको खासै आकर्षण नदेखिएको पाइएको छ । बैंकहरु ११ प्रतिशत सम्मको उच्च ब्याजदरमा निक्षेप सङ्कलन गर्दै आएका छन् । तर राष्ट्र बैंकले आइतबार जारी गरेको १० अर्बको रिपो मध्ये साढे ३ अर्ब रुपैयाँ मात्रै बिक्री भएको हो ।
यसको मतलव बैंकहरुले उक्त रिपोमा खासै चासो देखाएनन् । बैंक तथा वित्तीय संस्थाहरुमा तरलता अभाव भएको भन्दै राष्ट्र बैंकले शुक्रबार र आइतबार रिपो जारि गरेको थियो । यसअघि शुक्रबार जारी २० अर्बको रिपोमा दुई वटा बैंकले १ अर्ब ९० करोड खरिद गरेका थिए । राष्ट्र बैंकअन्तर्गतको राष्ट्र ऋण व्यवस्थापन विभागका अनुसार आइतबार भने ५ बैंकले ३ अर्ब ४९ करोड लिन प्रस्ताव पेश गरेका छन् । शुक्रबार र आइतबार गरी जारी भएको ३० अर्ब रिपोमा ७ बैंकबाट दुई पटक गरि ५ अर्ब ३० करोडको आबेदन परेको छ । ३० अर्बको रिपोमा साढे पाँच अर्बको पनि आवेदन नपर्नु अत्यन्तै न्यून मानिन्छ ।
यहाँबाट पनि बैंकहरुमा तरलता अभाव नभएको कुरा थाहा हुन्छ । तर बैंकहरुले भने राष्ट्र बैंकलाई दोष थुपर्दै आएका छन् । उनीहरुका अनुसार राष्ट्र बैंकले पैसा जम्मा गरेका तरलता अभाव भएको हो । तर रिपो विक्री दर हेदा उनीहरुले लगाएको आरोप आधारहिन रहेको पुष्टि भएको छ ।


