Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

माघ १ गतेदेखि देशैभरि डिम्याट खाता

२०७३ पुष २४ गते

नेपाल धितोपत्र बोर्डले आगामी माघ १ गतेदेखि काठमाडौँ उपत्यकाबाहिर पनि प्राथमिक सेयर निष्काशनमा आवेदन गर्दा अनिवार्य हितग्राही खाता (डिम्याट) लागू हुने जानकारी गराएको छ । धितोपत्र बोर्डले उपत्यकाबाहिर पनि डिम्याट अनिवार्य गरिने भएकाले डिम्याट खाता खोलिनसकेका लगानीकर्तालाई तुरुन्तै खोल्न सूचित गरेको हो । काठमाडौँ उपत्यकाभित्र गत साउनबाट नै डिम्याट खाता अनिवार्य गरि लागू गरिसकिएको छ । आगामी माघदेखि देशभरि नै डिम्याट खाता लागू गर्न लागिएको हो । 

त्यस्तै बोर्डले सिडिएस एण्ड क्लियरिङ लिमिटेडले पुस १२ मा जारी गरेको सुचनालाई आधार मान्दै डिम्याट एकाउन्ट खोल्दा अनिवार्य बैंक खाता नम्बर उल्लेख गर्न समेत सुझाएको छ । जसले गर्दा प्राथमिक निष्काशनमा शेयर नपरेमा वा आंशिक रुपमा परेमा र सूचिकृत संगठित संस्थाले दिने नगद लाभांश लगानीकर्ताको बैंक खातामा नै जानेछ ।

बोर्डले माघदेखि आस्वा प्रणाली लागू गर्न लागिएको भन्दै आस्वा लागू गर्न बोर्डबाट अनुमति प्राप्त गरेका बैंकहरु मार्फत सेवा लिई लाभान्वित हुन समेत लगानीकर्तालाई आग्रह गरेको छ ।