२०८२ चैत्र ४ गते

राष्ट्र बैंकको निर्देशीत कर्जा नीतिमा परिवर्तन : (पूर्ण विवरणसहित)

बैंकिङ खबर / अबका दिनमा बैंकहरुले निर्देशित क्षेत्रमा कुल कर्जाको ३० प्रतिशत मात्रै कर्जा प्रवाह गर्दा हुने भएको छ । यस अघि निर्देशित क्षेत्रमा कुल कर्जाको ४० प्रतिशत प्रवाह गर्नुपर्ने बाध्यकारी नीति रहँदै आएको थियो । केन्द्रूीय बैंकको निर्देशन अनुसार यसअघि कृषिमा १५ प्रतिशत, ऊर्जामा १० प्रतिशत र लघु, घरेलु साना तथा मझौला व्यवसाय (एमएसएमई) क्षेत्रमा १५ प्रतिशत गरी कुल कर्जाको ४० प्रतिशत कर्जा राष्ट्र बैंकले तोकेको क्षेत्रमा प्रवाह गर्नुपर्ने थियो । नयाँ निर्देशीका अनुसार ती क्षेत्रमा ३० प्रतिशत मात्रै कर्जा लगानी गर्न सकिने छ भने यसको दायरा बढाएर पर्यटन, सूचना प्रविधि र स्वदेशी कच्चा पदार्थमा आधारित उद्योगलाई समेत थप गरिएको छ । यी सबै क्षेत्रलाईनै उत्पादन क्षेत्रसँग जोडेर केन्द्रीय बैंकले तोकिएको क्षेत्रमा ३० प्रतिशत कर्जा प्रवाह गर्दा हुने नीति बनाएको छ ।

केन्द्रीय बैंकको पूर्ण पाठ यस्तो छ ।

Working-capital-guidelines-fourth-amendment_final-publish-1