Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

नेपाल राष्ट्र बैंकले चालु पुँजी कर्जा सम्बन्धी मार्गदर्शन परिमार्जन गर्यो

२०८२ फाल्गुन १३ गते

बैंकिङ खबर / नेपाल राष्ट्र बैंकले चालु पुँजी कर्जा सम्बन्धी मार्गदर्शन परिमार्जन गरेको छ। अब बैंक तथा वित्तीय संस्थाले ऋणीको नगद प्रवाह तथा वित्तीय विवरण विश्लेषणको आधारमा स्थायी चालु पुँजी कर्जाको अवधि निर्धारण गर्न सक्ने छन् । केन्द्रीय बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा मार्फत ऋणीले वर्षको कम्तीमा लगातार ७ दिन चालु पुँजी कर्जाको बक्यौता ३० प्रतिशतभन्दा कम गर्नुपर्ने व्यवस्था पनि मिलाउने भएको छ। हाल ऋणीले वर्षको कम्तीमा लगातार ७ दिन चालु पुँजी कर्जाको बक्यौताको १० प्रतिशतभन्दा कम रकम बाँकी गर्नुपर्ने व्यवस्था छ।