Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

पुँजीवृद्धिको दौडमा माछापुछ्रे बैंक : २०.७५ प्रतिशत बोनस सेयरपछि पुनः १२ प्रतिशत हकप्रद

२०७३ पुष २३ गते

माछापुच्छ्रे बैंक लिमिटेडका सेयरधनीले २०.७५ प्रतिशत बोनस सेयर पाउने भएका छन् । बैंकको १८ औँ साधारणसभाले गत आर्थिक वर्षको कमाईबाट सो अनुपातमा बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको हो । साधारण सभाले कर प्रयोजनका लागि १ दशमलव ०९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पनि पारित गरेको छ । सोही साधारणसभाले बोनस वितरणपछि कायम हुने चुक्तापुँजीको १२ प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव समेत पारित गरेको छ । साधारणसभा गत शुक्रबार होटल पोखरा ग्राण्ड पार्दिमा सम्पन्न भएको हो ।

हाल माछापूछ्रे बैंकको चुक्तापुँजी ३ अर्ब ८६ करोड रुपैयाँ रहेको छ । हाल बैंकले ५० प्तिशत हकप्रद सेयर जारी गरिरहेको छ । उक्त हकप्द सेयर वितण गरेपछि बैंकको चुक्तापुँजी ५ अर्ब ७९ करोड पुग्नेछ । त्यस्तै वार्षिक साधारण सभाबाट पारित बोनस सेयर वितरण गरेपछि माछापूछ्रेको पुँजी ६ अर्ब ५९ करोड पुग्नेछ । उक्त पुँजीको १२ प्रतिशत हकप्रद सेयर जारी गरेपछि बैंकको चुक्तापुँजी ७ अर्ब ३९ करोड पुग्नेछ ।