Banking Khabar
ब्रेकिङ
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बैंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

 एन आई सी एशिया बैंकको अध्यक्षमा अशोक कुमार अग्रवाल नियुक्त

admin २०८२ पुष ११ गते
सेयर:

बैंकिङ खबर/ एन आई सी एशिया बैंकले अशोक कुमार अग्रवाललाई अध्यक्षमा नियुक्त गरेको छ । बैंकको सञ्चालक समितिको बैठकले अग्रवाललाई अध्यक्षमा नियुक्त गरेको हो । नवनियुक्त अध्यक्ष अग्रवालले नेपाल राष्ट्र बैंकका गर्भनर डा. विश्वनाथ पौडेलबाट पद तथा गोपनियताको सपथ ग्रहण गरीसकेका छन् । यस अघि अध्यक्ष पदबाट तुल्सीराम अग्रवालले राजीनामा गरेपछि सो बैंकमा अध्यक्ष पद रिक्त थियो । नव नियुक्त अध्यक्ष अग्रवालले नेपालको बैंकवित्त क्षेत्र, बीमा लगायतमा लामो अनुभव हासिल गरेका छन् । बैंकले उनीबाट बैंकलाई प्रतिष्ठाको नयाँ शिखरमा पुर्‍याउने विश्वास लिएको छ ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।