
बैंकिङ खबर / प्रभु बैंक काण्डमा भित्र भित्रै बैंकका तल्लो तहका कर्मचारी फसाएर बैंकका सिइओ अशोक शेरचनलाई चोख्याउने रणनीति सुरु भएको पाइएको छ । पछिल्लो समय बैंकका रेमिट्यान्स प्रमुखलाई सीआइबीले पक्राउ गरेको छ । बैंकका सिइओ अशोक शेरचनको बयानका आधारमा सीआइबीले उनलाई पक्राउ गरेको हो । बैंकले प्रभू म्यानेजमेन्ट लगायतका केही कम्पनीलाई दिएको रकम बैंकिङ कसुरसँग जोडिएको छ । बैंकले गरेको कर्जा लगानीमा घोटाला भएपछि प्रभु बैंकको काण्ड नेपाली बैंकवित्त क्षेत्रका लागि चर्चा र खुल्दुलीको विषय बनेको छ । यस काण्डमा सुरुवाती दिनमा बैंकका सिइओ अशोक शेरचनले तत्कालीन बैंकका अध्यक्ष देवीप्रकाश भट्टचनलाई फसाउने रणनीति बनाएका थिए । तथापी भट्टचनमाथि छानबीन गरेको सीआइबीले बैंक र म्यानेजमेन्ट दुवै तर्फ कार्यकारी पोष्टमा नरहेका भट्टचनलाई प्रभु म्यानेजमेन्टको सेयर खरीद विक्रि को क्रममा साडे ६ करोड रुपैयाँ बराबर हिसाव नमिलेको फोला पारेको थियो । उक्त रकमलाई विगो रकमका रुपमा लिँदै बाहिरै बसेर मुद्धा लड्नेगरी भट्टचनलाई तारेखमा छाडिएको थियो । भट्टचनको कारोबार प्रभु म्यानेजमेन्टका अध्यक्ष कुशुम लामासँगको व्यासायीक हिसाव कितामा अल्झीएको छ ।
भट्टचनपछि बैंकले म्यानेजमेन्ट सहितका विभिन्न कम्पनीका कर्जा प्रवाह गर्दा दुरुपयोग भएको भन्दै सीआइबीले प्रभु बैंकका सिइओ अशोक शेरचन सहित माथिल्लो तहका ३ जनालाई पक्राउ गरेको थियो । सीईओ शेरचनसँगै डेपुटी सीईओ मनिराम पोखरेल र प्रमुख कर्जा अधिकृत रिवाज श्रेष्ठ पनि सीआईबीद्धारा पक्राउ परेका थिए । उनीहरुलाई तस्रोपटक म्याद थप गरिएको छ । सीईओ शेरचनले आफ्ना सशुरा, श्रीमति लगायतलाई व्यबसायमा अघि सारेर प्रभु बैंकबाट कर्जा प्रवाह गरेको अभियोग छ । प्रभु म्यानेजमेन्टसँगकोृ मिलेमतोमा सिइओ शेरचनले ती कामहरु गरेको प्रमाणका आधारमा यस अघि नै बैंकबाट सीआइबीले डकुमेन्टहरु जफत गरेको थियो । त्यसपछि सीआइबीले व्यबसायी राजेन्द्र शाक्यलाई पक्राउ गरेको हो । गुण समूहका अध्यक्ष तथा गुण एयरलाइन्सका सञ्चालक राजेन्द्र शाक्य पक्राउ परेसँगै प्रभु बैंकका सबै फाइल खुल्ने संकेत देखिएको थियो । उनीसँग मिलेर बैंकका सिइओ अशोक शेरचनले रकम हिनामिना गरेको खुलेको फाइल सीआइबीसँग छ । बैंकका सिइओमाथि विभिन्न कम्पनीसँग मिलिजुली गरेर बैंकलाई हानी नोक्सानी पुर्याएको र अपराधलाई लुकाउन विभिन्न कम्पनीहरूको नाममा करोडौँ रकम कर्जा प्रवाह गरेको अभियोग लागेको छ ।
कुनै पनि बैंकमा करोडौंका फाइल सिइओको निगरानीमा सिइओको निर्देशन विना कुनै पनि कर्मचारीले सदर गर्न सक्ने अबस्था रहँदैन । तथापी प्रभु बैंक काण्डमा सिइओ शेरचनले हिरासत भित्रैबाट तल्लो तहका कर्मचारीतर्फ औला तेर्साएर आफू उम्कनका लागि विभिन्न रणनीति बनाइरहेको हुनसक्ने प्रक्षेपण गरिएको छ । बुधबार मात्रै प्रभु बैंकका रेमिट्यान्स विभाग प्रमुखलाई पक्राउ गरिएको छ ।
यस्तो थियो शेरचनको रणनीति
बैंकबाट कर्मचारी हटाउन शेरचनले अपनाएको एउटा अर्को गज्जवको रणनीति छ त्यो रणनीति हो ‘माथिल्लो तहमा रहेका कर्मचारीलाई अधिकार कटौती गरेर विना विभागिय बनाइदिने’ उनको यो कार्यशैलीले अहिलेसम्म काम गरिरहेको थियो । कुनै समय त्यसैको सिकार भएका थिए सिनियर डेपुटी सिइओ तारा मानन्धर । अहिले पनि यही कार्यशैलीको शिकार बनिरहेका थिए बैंकका डेपुटी सिइओ मनिराम पोख्रेल र चिफ रिकभरी अफिसर निरज लम्साल । यी दुईजनालाई हटाएर पन्तलाई डेप्ुटी सिइओ बनाउने र त्यसपछि सिइओको जिम्मेवारी दिने तयारीमा थिए अशोक शेरचन ।
बैंकको जुनीयर पोजीशनमा रहेकी रश्मी पन्तलाई पटकैपिच्छे बैंकको माथिल्लो तहमा बढुवा गर्दा गर्दै अहिले तेस्रो बरियता क्रममा राखिएको हो । दुइजना हटेसँगै उनी सिइओको दावेदार पोजीशनमा दावी गर्ने व्यक्ति हुन् । शेरचन बहालवाला दुइजनालाई हटाएर उनै पन्तलाई आफ्नो उत्तराधिकारी बनाउन चाहान्थे । यही गृहकार्यमा लागिपरेका थिए अशोक शेरचन । राजनीतिक शक्ति र पैसाको आडमा केन्द्रीय बैंकका केही कर्मचारीलाई आफ्नो उदेश्य पुरा गर्ने काममा प्रयोग गर्दै आइरहेका उनीलाई एक्कासी सिइआबीले पक्राउ गरेको छ ।
लगानीकर्तामा बढ्दै थियो आक्रोशित
शेरचनले रश्मी पन्तलाई आगामी सिइओ बनाउन विभिन्न शक्तिकेन्द्रका साथै केन्द्रीय बैंक र संचालक समितिमा समेत बाहुल्यता स्थापीत गर्न थालेपछि बैंकका केही लगानीकर्ताहरु आक्रोशित हुँदै थिए । लगानीको रिर्टन दिन नसक्ने र एउटा कर्मचारीका लागि सबैथोक खर्चेर लागिपरेको भन्दै बैंकका केही ठुला शेयर होल्डरहरु रश्मी पन्तलाई सिइओ बन्नबाट रोक्नका लागि जुर्मुराएका छन् । सिइओ शेरचनको कार्यअवधि सकिन एकबर्ष ३ महिना बाँकी छ । शेरचन आफ्नो कार्यकाल सकिएपछि उनै रश्मी पन्तलाई बैंकको सिइओ बनाउने गरी पहिलैबाट गृहकार्यमा लागिरहेका थिए । पन्तलाई सिइओ बनाउने, आफू एमाले पार्टीमा सक्रिय भएर राजनीति गर्ने एवं आफैले छाँया सिइओका रुपमा काम गर्ने शेरचनको गृहकार्य हो । राजनीतिक शक्ति स्थापीत गर्नकै लागि उनले केही समय अघि मात्रै नेकपा एकालेको शक्तिशाली संस्था मदन भण्डारी फाउण्डेशनमा रहेर काम गर्ने निर्णय गरेका थिए ।
यसैका लागि अहिले पनि बैंकमा रिक्त एक डेपुटी सिइओको पद खाली नै राखिएको छ । निरज लम्साल सिनियर भए पनि चिफ रिकभरी अफिसरका रुपमा उनलाई राखिएको थियो । बैंकमा हाल सिनीयर डेपुटी सिइओका रुपमा मनिराम पोख्रेल विना विभागियनै बनेका थिए । तथापी पोख्रेल पनि शेरचनसँगै सीआइबीको छानबीनमा पक्राउ परेका छन् ।
रश्मी पन्तलाई सिइओ बनाएर आफैले बैंक चलाउने शेरचनको त्यो योजना !