२०८२ मंसिर १२ गते

३३ लाख बिगो रहेको बैंकिङ्ग कसुर मुद्धामा एकजना पक्राउ

बैंकिङ खबर/ प्रहरीले एकजना बैंकिङ्ग कसुर मुद्दाका प्रतिवादीलाई पक्राउ गरेको छ। रामेछापको उमाकुण्ड घर भई काठमाडौंको गोकर्णेश्वर–६ बौद्ध बस्ने ३० वर्षीय मिङमार शेर्पालाई प्रहरीले बैंकिङ्ग कसुरमा पक्राउ गरेको हो । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले बौद्धबाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौं पठाएको छ।उनको बैंकिङ्ग कसुर मुद्दामा ३३ लाख बिगो रहेको प्रहरीले बताएको छ।