
बैंकिङ खबर/ सिद्धार्थ बैंकले नेपाल राष्ट्र बैंकलाई ठाडै चुनौती दिएर राष्ट्र बैंकको निर्देशन विपरीत प्रमुख कार्यकारी अधिकृत सीईओको तलव बढाएको छ । नेपाल राष्ट्र बैंकले २०७९ फागुन ३ गते बैंक तथा वित्त कम्पनीहरुका सञ्चालक समितिलाई पत्रचार गरी सीईओको तलबभत्ता र सेवासुविधा नबढाउन निर्देशन दिएको थियो । सिद्धार्थ बैंकले एक वर्षमा सीईओको तलब ३ लाख ५९ हजार बढाएको हो । उक्त निर्देशनको उल्लंघन गर्दै सिद्धार्थ बैंकको सञ्चालक समितिले सीईओका रुपमा कार्यरत सुन्दर प्रसाद कडेलको तलब बढाएको छ । उक्त बैंकले गत आर्थिक बर्षमा सिइओको तलवभत्ता र सुविधा गरेर १ करोड ७० लाख ३२ हजार भुक्तानी गरेको छ ।