Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

फेरि महँगिदै अमेरिकी डलर

२०७३ पुष २० गते

अमेरिकी डलरको भाउ पुनः बढ्न थालेको छ । डलर बलियो भएपछि नेपाल राष्ट्र बैंकले बिहिबार बिक्री मुल्य १ डलर बराबर १ सय ९ रुपैयाँ ५७ पैसा तोकेको छ ।

अमेरिकाको फेडरल रिजर्व बैंकले ब्याजदर बढाएपछि पछिल्लो समयमा डलर मजबुत हुँदै गएको बताइन्छ । भारतले पाँच सय र एक हजार दरका भारु नोटमा प्रतिबन्ध लगाएपछि डलरको तुलनामा भारु कमजोर हुन पुगेको छ । त्यसको असर स्वभाविक रुपमा नेपाली मुद्रामा पर्न गएको हो । 

नेपाली रुपैयाँ (नेरु) र भारुबीच स्थिर विनियम दर रहेकाले भारु मजबुत भए नेपाली रुपैयाँ पनि बलियो हुने र कमजोर भए नेरु पनि कमजोर हुने गर्छ ।