Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

कृषि विकास बैंकले शेयरधनीलाई १३ प्रतिशत लाभांश दिने

२०८२ कार्तिक २० गते

बैंकिङ खबर/ कृषि विकास बैंकले आर्थिक वर्ष २०८/१८२ को मुनाफाबाट शेयरधनीलाई १३ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । बैंकको कात्तिक १९ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई ३.२५ प्रतिशत बोनश शेयर र ९.७५ प्रतिशत नगद लाभांश गरी १३ प्रतिशत लाभांश दिने निर्णय गरेको छ । यससँगै नेपाल सरकारको फिर्ता नहुने अग्राधिकार शेयर पूँजीमा वार्षिक ६ प्रतिशतले हुने नगद लाभांश रकम पनि वितरण गरिने भएको छ । उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि मात्रै वितरण हुने छ ।