२०८२ आश्विन २३ गते

वाणिज्य बैंक लुट्ने दुईजना लुटेरा समातिए, पैसा र सुन कहाँ छ ?

बैंकिङ खबर/ जेनजी आन्दोलनका क्रममा भदौ २४ गते बानेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंकमा लुटपाट भयो । रकम चोरीयो । सुन चोरीयो । केही रकममा आगजनि पनि गरियो । उक्त प्रकरण क्षतिका हिसावबाट ठुलै भएपनि केही दिनसम्म घटना ओझेलमै रहेको थियो । विस्तारै विस्तारै घटनाक्रम बाहिर आउने क्रममा ठुलो क्षति भएको, मोटो रकम र सुन हराएको खबर आयो । सोही घटनाका मुख्य २ पात्रलाई अहिले प्रहरीले पक्राउ गरेको छ । जेनजी आन्दोलनका दिन वाणिज्य बैंकको नयाँ बानेश्वर शाखाबाट ३३ करोड रुपैयाँ मूल्य बराबरको सुन र ५ करोड भन्दा बढी नगद लुटपाट भएको थियो । उक्त शाखामा मध्यराती सम्म चोरहरु सल्बलाइरहेका थिए भने बैंकको भवनमा आगलागी भइरहेको थियो । राती नेपाली सेनाले नियन्त्रणमा लिएसँगै चारजना संकास्पद व्यक्ति पक्राउ परेका थिए । भदौ २४ गते राति १० बजेपछि सेना परिचालन भएसँगै सेनाले बैंक तोडफोड गरिरहेका ५ जनालाई नियन्त्रण्मा लिएको थियो ।पक्राउ परेकाहरु अनुसन्धानको घेराबन्दीमा छन् । पक्राउ पर्नेमा दोलखाका दीपक श्रेष्ठ र सिराहाका नरेशकुमार यादव रहेका छन् ।
पक्राउ परेका यादवबाट प्रहरीले चार लाख रुपैयाँ नगद र केही सुन बरामद गरेको छ । प्रदर्शनकारीले ५ करोड रुपैयाँभन्दा बढी नगद र १८ किलोभन्दा बढी सुन लुटपाट गरेको राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल स्वयमले बताएका थिए । बैंकको नयाँ बानेश्वर शाखमा रहेको भल्टसम्म पुग्गे आइरन गेटनै फोडेर उक्त लुटपाट भएको थियो । चोरी र लुटपाट भएको सीसीटीभी फुटेजसहित बैंकले प्रहरीमा उजुरी गरेको थियो । उक्त शाखाबाट लुटीएको सुन र नगद धेरै नै बेपत्ता छ ।