Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

निजी क्षेत्रमा १२ प्रतिशतले कर्जा बढ्ने

२०८२ असार २७ गते

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षमा निजी क्षेत्रमा प्रवाह हुने कर्जा १२ प्रतिशतले बढ्ने अनुमान गरेको छ । केन्द्रीय बैंकले आगामी मौद्रिक नीति सार्वजनिक गर्दै निजी क्षेत्रमा प्रवाह हुने कर्जा १२ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको जनाएको हो ।

सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत ६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य लिएकाले उक्त लक्ष्य पूरा गर्न कर्जा प्रवाह १२ प्रतिशतले बढाउने लक्ष्य लिइएको गभर्नर विश्व पौडेलले जानकारी दिए ।