
अशोक बहादुर टण्डन
मैले बुझेको काम गर्ने उत्साह भएका जागरुक युवालाई के गरौं कुन आइडियामा काम गरौ भनेर आइडिया धेरै फुरेको बेलामा दोधारमा पर्ने गरिन्छ । उपयुक्त समयमा उपयुक्त स्टार्टअप आइडिया छान्नेले मात्र सफलता हासिल गर्न सकिन्छ ।
स्टार्टअप नयाँ नै हुनुपर्छ, कसैले नगरेको हुनुपर्छ भन्ने हुँदैन । कुनै पनि कामलाई नयाँ तरिकाले गर्न सकियो भने त्यसलाई पनि स्टार्टअप मान्न सकिन्छ । मानौँ हामीसँग कुनै एउटा त्यस्तो स्टार्टअप जसले आम जनताको समस्या पनि समाधान गर्न सक्षम छ । तर, त्यो स्टार्टअप आर्थिक रूपले औषत मानिसहरूको पहुँचभन्दा बाहिर भयो भने त्यति अर्थ भएन ।
यदि कुनै अर्को व्यक्तिले त्यही काम तर कम शुल्क वा भनौँ औसत नागरिकको बजेट अनुरूपको भयो भने त्यसले राम्रो बजार पाउँछ । त्यसैले नयाँ काम मात्र भनेर पनि हुँदैन । पहिले नै भएको व्यवसायलाई सबैको पहुँचसम्म पुर्याउन सक्ने काम कम्पनी हो । कुनै पनि स्टार्टअप सुरु गर्नु अघि त्यसमा गहन अध्ययन, खोज तथा अनुसन्धानको आवश्यकता पर्छ । त्यसैले सबैभन्दा पहिले आफूले आँटेको स्टार्टअप सुरु गर्न सकिन्छ कि सकिँदैन भन्ने कुरा ख्याल गर्नुपर्छ ।
त्यसपछि त्यसमा के के चुनौती आउँछन् र त्यसलाई कसरी समाधान गर्ने भन्नेबारे पनि पहिले नै योजना बनाउन पर्ने हुन्छ । कुनै पनि स्टार्टअप टिकाउ राख्नका लागि त्यसमा उपयुक्त व्यापार आइडिया आवश्यक पर्छ । यो पक्षमा सबैभन्दा बढी समय दिएर काम गर्नु पर्ने हुन्छ । स्टार्टअपलाई दिगो राख्न व्यापार आइडियामा जोड दिन आवश्यक छ ।
यसको व्यापार परियोजनाभित्र कम्पनीको लक्ष्य, बिक्री योजना, बजार विश्लेषण र आर्थिक लागतको अनुमान समावेश गर्न सकिन्छ । आर्थिक पक्ष्यका लागि तपाईंले विभिन्न संस्थाबाट स्टार्टअप ऋण, अनुदान लिन सक्नुहुन्छ । त्यस्तै विभिन्न कम्पनी तथा व्यक्तिले स्टार्टअपमा लगानी गर्न खोजिरहेका हुन्छन् । त्यसका लागि आफू यस्ता स्टार्टअपका लागि आयोजना गरिने विभिन्न कार्यक्रममा सहभागी हुन सक्नुहुन्छ ।
स्टार्टअपका लागि राम्रो टिमको आवश्यकता पर्छ । आफ्नो स्तरको, आफ्नो विचार मिल्ने पार्टनर खोज्न सकियो भने सँगै स्टार्टअप अगाडि बढाउन सकिन्छ । कतिपय स्टार्टअप सक्षम टिम नहुँदा नै असफल भइरहेका उदाहरण छन् । आजको युवाले स्टार्टअफ आइडियामा केहि नयाँ त गरौं ।

