Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

छ्याङ्दी हाइड्रोपावरको दुई लाख ७० हजार कित्ता सेयर पुस २० गतेदेखि

२०७३ पुष १० गते

छ्याङ्दी हाइड्रोपावर लिमिटेडको दुई लाख ७० हजार कित्ता साधारण सेयर (आईपिओ) पुस २० गतेदेखि निष्काशन हुने भएको छ । छ्याङ्दीले आयोजना प्रभावितका लागि एक सय रुपैयाँ अंकित दरमा दुई करोड ७० लाख रुपैयाँ बराबरको सेयर निष्काशन गर्न लागेको हो । दुई मेगावाटको आयोजनाले स्थानीयलाई १० प्रतिशत सेयर वितरण गर्न लागेको हो ।

कम्पनीको सेयरको निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ । माघ ५ गतेसम्म निष्काशन खुला रहने उक्त सेयरमा लमजुङ जिल्लावासीले आवेदन दिन पाउनेछन् । सेयरमा कम्तिमा ५० कित्ता र वढिमा एक हजार कित्तासम्मका लागि आवेदन दिन सकिने बताइएको छ । छ्याङ्दी हाइड्रो पावर लिमिटेड फलेनी गाविस वडा न १ ग्लोबल आईएमई बैंक लिमिटेड शाखा कार्यालय बेशीशहर, प्यासीफिक डेभलपमेन्ट बैंक लिमिटेड भोटेबडार लमजुङ, कैलाश विकास बैंक लिमिटेड शाखा कार्यालय बेसीसहरमा आवेदन दिन सकिनेछ ।

कुल दुई लाख ७० हजार कित्ता सेयरमध्ये छ्याङ्दीले अति प्रभावित फलेनी र बन्सर गाविसका वासिन्दालाई ४० प्रतिशत, चिती, ढोडेनी, नौथर र वेसीसहरवासीलाई ४० प्रतिशत र २० प्रतिशत लमजुङ जिल्लाका बाँकी गाविस तथा नगरपालिका वासिन्दालाई वितरण गरिने जनाएको छ । 

सेयर निष्काशनका लागि छ्याङ्दीले मंसिर २४ गते धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।