Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सद्वारा मैत्री सेवा आश्रममा खाद्यन्न सहयोग

२०८२ जेष्ठ २३ गते

बैंकिङ खबर/ सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले काठमाडौँमैत्री सेवा आश्रममा खाधान्न सामग्री  वितरण गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीको तर्फबाट क्षेत्रीय प्रबन्धक नरेश थापा र शाखा प्रबन्धक रोजिना मानन्धरको उपस्थितिमा खाधान्न सामग्री उक्त आश्रमलाई हस्तान्तरण गरेका हुन् । हाल यस आश्रममा ३० जना आश्रित आमा बुबाहरुले सेवा लिँदै आएका छन् ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीले आगामी दिनहरूमा पनि विभिन्न गतिविधिहरू मर्फत सक्रिय भूमिका निभाउँदै समाजप्रतिको उत्तरदायित्वलाई आत्मसात गर्न, शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, वित्तीय साक्षरता र विपद् व्यवस्थापन जस्ता क्षेत्रहरूमा योगदान पुर्याउने योजना रहेको बताएको  छ ।

यस्ता प्रयासहरू मार्फत संस्थाले नाफामुखी व्यापारसँगै सामाजिक हितलाई पनि अगाडि बढाउने विश्वास लिएको छ । भविष्यमा सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू अझ प्रभावकारी र समुदायमैत्री बनाउने योजना कम्पनीले बनाएको छ ।

देशभर १६९ शाखा सञ्जाल  रहेको कम्पनिको पूँजी ५ अर्बभन्दा बढी , २० अर्बभन्दा बढीको लगानी रहेको छ भने  २०,००० भन्दा बढी अभिकर्ताहरू कम्पनमा कार्यरत छन् ।