
बैंकिङ खबर/ साताको अन्तिम कारोबारको दिन सेयर बजारमा हरियाली छाएको छ । नेप्से सूचक १९.४० विन्दुले बढेर २६८८.९१ अंकमा आएको छ । ९ अर्ब ८२ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
वाणिज्य बैंक समूहको सूचक सबैभन्दा बढीले वृद्धि भएको छ । एउटा कम्पनीमा सकारात्मक सर्किट लागेको छ एउटामै नकारात्मक सर्किट लागेको छ ।
केन्द्रीय बैंकमा गभर्नर नियुक्त भइसकेका छन् । नवनियुक्त गभर्नरले पुँजी बजार सुधारका लागि उपयुक्त नीतिहरु लिइने बताएपछि बजारमा सकारात्मक प्रभाव देखिएको अनुमान गरिएको छ । नवनियुक्त गभर्नर पौडेलले बुधबार एक टेलिभिजन अन्तवार्तामा बैंक–वित्तीय संस्थाको व्यवसाय विस्तारका लागि सक्दो सहजीकरण गरिदिने बताएका हुन् ।
यस्तै, सेयर बजार सुधारका लागि पनि उपयुक्त नीतिगत व्यवस्था गरिने उनले सार्वजनिकरुपमै बताएपछि त्यसको सकारात्मक प्रभाव बिहीबारको सेयर बजारमा देखिएको छ । सेयर बजारमा ठूलो जनसंख्या आबद्ध भएको र उनीहरु अहिले समस्यामा परेको भन्दै पुँजी बजार सुधारका लागि काम गर्ने गभर्नरको भनाई छ ।



