Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

विश्व पौडेलविरुद्धको निवेदन मल्लको इजलासमा

२०८२ जेष्ठ ६ गते

बैंकिङ खबर/अर्थविद् विश्व पौडेलविरुद्धको रिट दरपीठविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएको निवेदनको सुनुवाइ न्यायाधीश सपना प्रधान मल्लको इजलासमा हुने भएको छ।

अधिवक्ताहरु प्रतिभा उप्रेती र विशाल थापाले गभर्नर सिफारिस समिति छाडेका पौडेललाई गभर्नर बनाउन लागेको भन्दै रिट दिएका थिए। तर सो रिट सर्वोच्चका रजिस्ट्रार भद्रकाली पोखरेलले बेरीतको भन्दै दरपीठको आदेश गरेका थिए।

सोविरुद्ध गत शुक्रबार रिट निवेदकले अर्को निवेदन दिएका थिए। आइतबार दर्ता भएको सो निवेदनको पेसी आजका लागि तोकिएको थियो। यसको सुनुवाइ न्यायाधीश मल्लको इजलासमा हुने भएको हो। सुनुवाइपछि पौडेलविरुद्धको रिट दर्ता हुने नहुने टुंगो लाग्नेछ।