Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

सर्वोच्चले प्राधिकरणका अध्यक्षमा ओझालाई नियुक्ति गर्ने माग्यो आधार

२०८२ जेष्ठ ५ गते

बैंकिङ खबर/ बीमा प्राधिकरणको अध्यक्षमा शरद ओझा नियुक्ति बदरको माग गर्दै परेको रिटमा सर्वोच्च अदालतले कागजात झिकाउन आदेश दिएको छ।

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र नित्यानन्द पाण्डेयको इजलासले ओझालाई नियुक्त गर्न लिइएका आधारसम्बन्धी कागजात झिकाउन आदेश दिएको रिट निवेदक अधिवक्ता इन्दिरा धमलाले जानकारी दिइन्।
ओझालाई सरकारले गत फागुन १३ गते बीमा प्राधिकरणको अध्यक्ष पदमा नियुक्त गरेको थियो। उनको योग्यतामा प्रश्न उठाउँदै अधिवक्ता इन्दिरा धमलाले चैत १७ गते रिट दायर गरेकी थिइन्।