Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

मन्त्रिपरिषद् बैठक अघि देउवालाई भेट्दै ओली

२०८२ जेष्ठ ५ गते

बैंकिङ खबर/ मन्त्रिपरिषद्को बैठक अघि प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासँग भेट गर्दैछन् । प्रधानमन्त्री निवास बालुवाटारमा आजै साँझ ६ बजे बस्ने मन्त्रिपरिषद्को बैठक अगाडि ओलीले देउवासँग भेट गर्न लागेका हुन् ।

नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिमा ढिलाइ भइरहेका बेला आजै प्रधानमन्त्री ओली र देउवाबीच हुन लागेको भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ । सिफारिस समितिको बैठकले सिफारिस गरेपछि मात्रै मन्त्रिपरिषद्ले गभर्नर नियुक्ति गर्नुपर्ने हुन्छ । प्रधानमन्त्री र देउवा छिट्टै गभर्नर नियुक्ति गर्ने तयारीमा छन् ।