Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

गभर्नर नियुक्तिमा चलखेलको कारणले ढिलाइ भएको हुनसक्ने शेखरको आशंका

२०८२ जेष्ठ ३ गते

बैंकिङ खबर/ नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले राष्ट्र बैंकको गभर्नर नियुक्तिमा चलखेलको कारणले ढिलाइ भएको हुनसक्ने आशंका गरेका छन्। प्रजातान्त्रिक विचार समाजले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सभापतिले शेरबहादुर देउवासँग कुरा हुँदा राम्रो मान्छे नियुक्त हुने बताएका उनले सुनाए।

उनले नेपालमा रेमिट्यान्सका नाममा अवैध पैसा भित्रिरहेको आशंका व्यक्त गर्दै उनले भने, ‘कतै राष्ट्र बैंकको गभर्नर नियुक्तिमा पनि कतै त्यो चलखेल त भइरहेको छैन भन्ने डर लाग्यो। मेरो चिन्ता त्यहाँ छ। म भन्न सक्दिनँ राष्ट्र बैठकको कुरा, सभापतिसँग कुरा गर्दा राम्रो मान्छे नै नियुक्त हुन्छ भनिराख्नुभएको छ। चिन्ता छैन। तर यो कुरा सोच्दा बुझ्दा खेरी कतै गडबड त भइरहेको छैन, हाम्रो देशमा भन्ने छ।’