Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

विदेशमा बस्ने नेपालीले राष्ट्रिय परिचय पत्र बिना पनि खाता खोल्न सक्ने

२०८१ चैत्र २७ गते

बैंकिङ खबर/विदेशमा बसोबास गर्ने नेपालीहरुले खाता खोल्दा तत्काललाई राष्ट्रिय परिचय पत्र नचाहिने भएको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई एक निर्देशन जारी गर्दै विदेशमै बसी अनलाइनमार्फत खाता खोल्दा राष्ट्रिय परिचय पत्र बाहेक अन्य आवश्यक कागजात लिएर समेत खाता खोल्न छुट दिएको हो । तर यसरी खोलिने खाताको सम्बन्धमा खातावाल नेपाल फर्किएको ३५ दिनभित्र राष्ट्रिय परिचयको विवरण अद्यावधिक गनुपर्नेछ ।