Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

बीमा प्राधिकरणको अध्यक्ष नियुक्तिमा कारण देखाउ आदेश

२०८१ चैत्र २० गते

बैंकिङ खबर/ सर्वोच्च अदालतले नेपाल बीमा प्राधिकरणका अध्यक्षमा नियुक्त शरद ओझाको नियुक्तिविरुद्ध कारण देखाऊ आदेश जारी भएको छ । सर्वोच्च अदालतका न्याायधीश नहकुल सुवेदीको एकल इजलास मुद्दामा एक महिनाको समय दिएर कारण देखाउन भनेको हो ।

रिटमा माग गरिएको अन्तरिम आदेश भने अदालतले दिएन । सरकारी पक्षसँग छलफल गरेपछि मात्रै अन्तरिम आदेशबारे टुंगोमा पुग्नुपर्ने निर्णय सुनाइएको हो ।

चैत १७ गते अधिवक्ता इन्दिरा धमलाले रिट दायर गरेकी थिइन् । प्राधिकरण अध्यक्षका लागि तोकिएको योग्यता नभएको व्यक्तिलाई अध्यक्षमा नियुक्त गरेको भन्दै उक्त नियुक्ती बदरको माग रिटमा गरिएको छ ।

रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, अर्थ मन्त्रालय, नेपाल बिमा प्राधिकरण सञ्‍चालक समितिको अध्यक्ष पदमा नियुक्तिको लागि गठित सिफारिस समिति र प्राधिकरणका अध्यक्ष ओझालाई बिपक्षी बनाइएको छ । फागुन १२ गते सरकारले ओझालाई प्राधिकरण अध्यक्षमा नियुक्त गरेको थियो ।