Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

बैंकहरूको नाफा साढे ४ अर्बले बढ्ने, ऋण दिने क्षमता ४० अर्बले विस्तार हुने

२०८१ फाल्गुन १३ गते

बैंकिङ खबर/ राष्ट्र बैंकले कर्जामा गर्नुपर्ने कर्जा नोक्सानी व्यवस्था घटाएको छ । हाल १.१ प्रतिशत कर्जा नोक्सानी व्यवस्था रहेकोमा त्यसलाई घटाएर १ प्रतिशत कर्जा नोक्सानी व्यवस्था गर्दा हुने मौद्रिक नीति समीक्षामा भनिएको छ ।

उक्त व्यवस्थाले बैंकहरुको कर्जा नोक्सानी व्यवस्थाबाट करिब ४ अर्ब ५१ करोड रुपैयाँ फिर्ता हुने राष्ट्र बैंकले जनाएकाे छ । यसले बैंकहरुको करिब ४० अर्ब रुपैयाँ कर्जा लगानी क्षमता समेत बढ्नेछ ।

राष्ट्र बैंकले कोभिड अगाडिसम्म असल वर्गमा वर्गिकरण गरेको कर्जामा १ प्रतिशत नै कर्जा नोक्सानी व्यवस्था गरेको थियो । कोभिडको समयमा जोखिम बढेको भन्दै असल कर्जामा १.३ प्रतिशत कर्जा नोक्सानी व्यवस्था गर्नुपर्ने भयो । त्यसलाई क्रमश घटाएर पुन १ः प्रतिशतमा ल्याएको हो ।