सिनर्जी पावर डेभलपमेन्ट कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि २१ करोड रुपैयाँ बराबरको २१ लाख कित्ता सेयर निष्कासन गर्ने भएको छ । गत कात्तिकमा आइपीओ निश्कासनका लागि आवेदन दिएको कम्पनीले नेपाल धितोपत्र बोर्डबाट विहिबार अनुमती पाएको हो ।
कम्पनीले यसअघिनै आयोजना प्रभावित दोलखाका ६ गाउँ बिकास समितिका जनताका लागि सात लाख कित्ता साधारण सेयर निष्काशन गरी बाँडफाँड समेत गरिसकेको छ ।
७० करोड चुक्ता पूँजीमध्ये कम्पनीले ४० प्रतिशत सर्वसाधारणका लागि छुट्याएको कम्पनीले बाँकी ३० प्रतिशत सेयर देशभरका सर्वसाधारणको लागि बिक्री गर्न लागेको हो । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ ।


