Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

बहसमा ‘नोटबन्दी’ : मोदीले एक अरबभन्दा बढी भारतीयको विश्वास तोडे

२०७३ मंसिर २४ गते

manamohan-singhपूर्वप्रधानमन्त्री तथा अर्थशास्त्री मनमोहन सिंहले नोटबन्दीको फैसलाका लागि प्रधानमन्त्री नरेन्द्र मोदीको आलोचना गरेका छन् । प्रधानमन्त्रीले एक अरबभन्दा बढी भारतीयको विश्वास तोडेको भन्दै मनमोहनसिंहले अंग्रेजी दैनिक ’द हिंदू’ मा शुक्रबार लेखेको लेख यतिबेला समाजिक सञ्जालमा चर्चाको विषय बनेको छ । लेखमा उनले भनेका छन्, 'नोटबन्दीले जीडीपी र नयाँ रोजगारीहरुमा कमी आउने छ, जनतालाई आगामी महिनामा कठिनाई सामना गर्नुपर्नेछ । यस फैसलाका कारण इमानदार हिन्दुस्तानीहरुलाई ठूलो नोक्सान हुनेछ । अनि, बेइमान र काला धन जम्मा गर्नेहरु सानो चोटपछि बँचेर निस्कनेछन् ।'  

अर्कोतर्फ उनले करछली रोक्ने र आतंकबादीहरुद्धारा नक्कली नोटको प्रयोग हटाउने प्रधानमन्त्री मोदीको मनशायको तारिफ गर्दै भनेका छन्, यसका लागि उनलाई खुला मनले समर्थन गर्नुपर्छ ।

यसअघि, २४ नोभेम्बरमा मनमोहन सिंहले संसदमा बोल्दै नोटबन्दीको फौसलालाई ’संगठित लूट’ को संज्ञा दिएका थिए । (बीबीसी हिन्दी)