Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
अर्थतन्त्र

१० अर्ब आन्तरिक ऋण उठाउँदै सरकार

२०८१ माघ १४ गते

बैंकिङ खबर/ सरकारले १० अर्ब आन्तरिक ऋण उठाउने भएको छ। अर्थ मन्त्रालयअन्तर्गतको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले १० वर्षे विकास ऋणपत्र २०९१ बिक्री तथा निष्काशन गरी १० अर्ब रुपैयाँ उठाउन लागेको हो।

ऋणपत्र यही माघ १५ गते बोलकबोलमार्फत बिक्री गरी १८ गते निष्काशन हुनेछ। ऋणपत्रको बोलकबोलमा बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी तथा नेपाली नागरिकहरुले भाग लिन सक्ने कार्यालयले जनाएको छ।